युरो किड्समा दोस्रो अन्तरक्रिया तथा ग्रेड बृद्धि कार्यक्रम सम्पन्न

भक्तपुर । बिगत ४ बर्षदेखि विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको सूर्यबिनायक नगरपालिका ५ सल्लाघरीस्थित युरो किड्सले यस बर्षको दोस्रो अभिभावक, शिक्षक अन्तरक्रिया तथा ग्रेड बृद्धि कार्यक्रमको आयोजना गरेको छ ।
अन्तरक्रिया तथा ग्रेड बृद्धि कार्यक्रममा अभिभावकहरुले आफ्नो छोराछोरीहरुले विद्यालयमा गर्ने क्रियाकलापहरु र उनीहरुकोे मूल्यांकनको बारेमा जानकारी प्राप्त गर्नुभएको थियो । उहाँहरुले आफ्ना छोराछोरीहरुले विद्यालयमा के–के गर्छन्, कस्तो प्रकारकार खानेकुराहरु खान्छन्, कक्षामा गरिने क्रियाकलापहरु, अतिरिक्त क्रियाकलापहरुमा सहभागितालगायत आफ्नो छोराछोरीहरुको ग्रेड बृद्धि बारे कक्षा शिक्षकबाट प्रत्यक्ष जानकारी लिनुभएको थियो ।
यसरी अभिभावक र शिक्षकबीचको प्रत्यक्ष अन्तरक्रियाले अभिभावकहरुको मनमा उठेका कयौं प्रश्नहरुको जवाफ र आफ्ना छोराछोरीहरुको कमीकमजोरीका बारेमा पनि जानकारी पाउने हुनाले चार चार महिनाको फरकमा अभिभावक शिक्षकबीच अन्तरक्रिया तथा ग्रेड बृद्धि कार्यक्रम गर्दै आएको विद्यालयका प्रबन्ध निर्देशक नवराज काफ्लेले जानकारी दिनुभयो । उहाँले विद्यालयमा अध्ययरत विद्यार्थीहरुको अभिभावकहरुले दिनुभएको सल्लाह, सुझावअनुसार विद्यार्थीहरुको सहजताको लागि विद्यालयमा आवश्यक परेको स्रोत र साधानहरु थप गरिएको बताउनुभयो । उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मूल्यांकन पास र फेलभन्दा पनि निरन्तर मूल्यांकन पद्धति (ऋब्क्) अनुसार मूल्यांकन गरिँदै आएको बताउनुभयो । उहाँले यसरी मूल्यांकन गरिँदा विद्यार्थीहरुमा पास, फेलको मानसिकता हट्ने र निरन्तर मूल्यांकन गर्दा विद्यार्थीहरु कुन कुरामा कमजोर छन् भन्ने अभिभावकहरुलाई सहजै थाह हुने बताउनुभयो ।
सम्झना गिरी संस्थापक प्रिन्सिपल रहनु भएको हाल यस युरो किड्समा पिजी देखि कक्षा ३ सम्मका कक्षाहरु सञ्चालन भइरहेको छ भने नेपालभर यसका ३२ वटा शाखा सञ्चालनमा छन् ।
:488 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव