चौधौ फेका कप फुटबल प्रतियोगिताको उपाधि कौस्तुभ एकेडेमीलाई

काठमाडौं, मंसिर २८ । चौधौ फेका कप फुटबलको उपाधी कौत्सुभ एकेडेमीले जितेको छ । पेप्सिकोला खेल मैदानमा भएको फाइनल खेलमा करियर बिल्डिङलाई कौस्तुभ एकेडेमीले ५—० को शानदार जित निकाल्दै उपाधी जितेको थियो । कौस्तुभका जर्सी न ६ का खेलाडी बिबस मगरले २ गोल गरे भने जर्सी न ११ का खेलाडी राम खड्काले १ गोल र खेलाडीहरु कृष बुढाथोकी र रबिन बमले १र१ गोल गरेका थिए । कौस्तुभ एकेडेमी गत बर्षको उपबिजेता टिम हो । यसै गरि करियर बिल्डिङ यो बर्षको उपबिजेता टिम बनेको छ । चौधौ फेका कपमा तेस्रो स्थान गेट्वे एकेडेमीले हासिल गरेको छ भने चौथो कस्मिक इन्टरनेशनल भएको छ ।

प्रतियोगितामा प्लेयर अफ टुर्नामेन्ट कौस्तुभका लक्ष्मण गुरु, सर्बाधिक गोलकर्ता बिबस मगर, इमर्जिङ प्लेयर करियर बिल्डिङका लक्ष्मण शाही, उत्कृष्ट मिडफिल्डर करियर बिल्डिङका शाहिल बस्नेत, उत्कृष्ट गोलरक्षक कौस्तुभका दिपेश थापा, करियरका सुजन भट्टराई उत्कृष्ट डिफेन्स घोषित भएका थिए । समापन कार्यक्रममा विजयी टिमलाई ट्रफी सहित रु तीस हजार, बीस हजार, दस हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै फेका अध्यक्ष नबराज भट्टले फेका फुटबलको उपहार राष्ट्रलाई खेलाडी भएको बताएका थिए । फेकाले यो पटक सागमा गोल रक्षकको रुपमा रहेका खेलाडी फेकाको उत्पादन भएको बताउँदै फेका टिमले निरन्तर संचालन गरेको खेलको कारणले यो सम्भब भएको दोर्होयाए । उनले खेल सफलतापूर्बक सप्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

:233 Views

Leave a Reply