नगरव्यापी लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलको संगीनी नृत्य भयो उत्कृष्ट नृत्य

भक्तपुर, २९ मंसिर । उत्कृष्ट विद्यालयबीचको लोकनृत्य स्पर्धामा क्वालिटी इंग्लिस सेकेण्डरी स्कुल सर्वोत्कृष्ट भएको छ ।
चाँगुनारायण नगरपालिकाले आयोजना गरेको नगरव्यापी लोकनृत्य प्रतियोगितामा नगरकोटको सो विद्यालय प्रथम हुँदै सर्वोत्कृष्ट भएको हो । कोशी अञ्चलका विभिन्न क्षेत्रमा तीजका अवसरमा नाचिँदै आएको संगीनी नृत्यलाई सो विद्यालयका विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।
नगरपालिकाको शैक्षिक क्यालेण्डर अनुसार अतिरिक्त क्रियाकलापलाई बढावा दिन तथा लोकनृत्यबारे विद्यार्थीलाई जानकारी दिन आयोजित प्रतियोगितामा क्वालिटीका विद्यार्थीले ‘बाबा र ज्यूको धुरीमा परेवा धुरुरु‘!’ बोलको गीतमा प्रस्तुत गरेको नृत्यलाई नृत्य निर्देशकद्वय एवं कार्यक्रमका निर्णायक मण्डल मनराज केसी र दर्शना लामाले उत्कृष्ट भएको घोषणा गरेका थिए ।
यसअघि नगरपालिकाले वडा नं. १, २ र ३ मा रहेका विद्यालयहरुबीच, वडा नं. ४, ५ र ६ मा रहेका विद्यालयहरुबीच र वडा नं. ७, ८ र ९ मा रहेका विद्यालयहरुबीच स्पर्धा गराएको थियो । स्पर्धाबाट प्रथम, द्धितीय र तृतीयमा छानिएका विद्यालयबीच आइतबार ताथलीको एसएस सदन सेकेण्डरी स्कुलमा स्पर्धा गराएको थियो । स्पर्धामा दुवाकोटको गोल्डेन सुनगाभा सेकेण्डरी स्कूल द्धितीय, दुवाकोटकै प्रज्ञा सेकेण्डरी स्कुल तृतीय र सुडालको वाल्मिकेश्वर मावि सान्त्वना भएको थियो ।
स्पर्धामा द्धितीय हुन सफल गोल्डेन सुनगाभाका विद्यार्थीहरुले थारु समुदायमा नाचिने मगौडा नृत्य, तृतीय भएको प्रज्ञाका विद्यार्थीहरुले थारु समुदायमै नाचिने झाँगड नृत्य र सान्त्वना भएको बाल्मिकेश्वरका विद्यार्थीले गुरुङ समुदायमा नाचिने कौडा नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले पुरस्कार दिएका थिए । सो क्रममा उनले विद्यार्थीलाई पठनपाठनका अलावा अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराएर विद्यार्थीको सर्वाङ्गीण विकास गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपप्रमुख वीणा बास्तोला, नगर शिक्षा शाखा प्रमुख वीरबहादुर खड्का, नगर शिक्षा समितिका सदस्य श्रीकृष्ण केसी, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष जीबी खड्का, एसएस सदन स्कुलका प्रिन्सिपल मुकेश योञ्जनलगायतले अतिरिक्त क्रियाकलाप र पढाइलाई सँगै लगेरमात्र गुणस्तरीय शिक्षा दिन सकिने बताए ।
:746 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव