ब्रिजवाटर कप फुटबल प्रतियोगिता आजबाट सुरु, आजको खेलमा ब्रिजवाटर र जेभियर कलेज विजयी

भक्तपुर । मध्यपुर थिमीमा आइतबारदेखि सुरु भएको ब्रिज वाटर कप २०१९ को उद्घाटन खेलमा पेन्टागन कलेजलाई २–० गोल अन्तरले पराजित गर्दै ब्रिजवाटर कलेजले विजयी सुरुवात गरेको छ ।

आजको खेलमा ब्रिजवाटरका तर्फबाट प्यारजंग राई र शुभराज महतले १र१ गोल गरी आफ्नो टिमलाई विजयी गराएका थिए । यसैगरी आजै सम्पन्न दोश्रो खेलमा जेभियर इन्टरनेशनल कलेजले समता शिक्षा निकेतनलाई ४ गोल गर्दै पराजित गरेको छ । जेभियरका लागि सर्वाेच्चजंग शाहले ह्याट्रिक गरेका थिए भने जेनिश तामाङले १ गोल गरेका थिए ।

पहिलो खेलका म्यान अफ दि म्याच प्यारजंग राई र दोश्रो खेलका म्यान अफ दि म्याच सर्वाेच्चजंग शाहलाई मध्यपुर युथ एशोशियनका अध्यक्ष उपेन्द्रमान सिंह, बृज वाटर कलेजका अध्यक्ष, दिपक पाण्डे, प्रबन्ध निर्देशक अनुराग वाग्ले तथा प्रिन्सिपल तेजकृष्ण श्रेष्ठले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।

सोमबार हुने पहिलो खेलमा डिएभि र नोबल कलेज तथा दोश्रो खेलमा गान्धी आदर्श र माइल स्टोन हुनेछ भने अन्तिम खेल युनाइटेड कलेज र ब्राइट फ्यूचरबीच हुने आयोजकले जनाएको छ ।

:508 Views

Leave a Reply