भक्तपुर जेसीसको बाल नृत्य महोत्सवमा इडेन गार्डेन उत्कृष्ट

भक्तपुर । भक्तपुर जेसीसले आयोजना गरेको ‘भक्तपुर बाल नृत्य महोत्सव’ मा इडेन गार्डेन स्कुल विजेता बनेको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा ४० वटा विद्यालयलाई पछि पार्दै इडेन गार्डेनले  उपाधि माथि कब्जा गरेको हो । उपाधीसँगै इडेनले २५ हजार बराबरको पुरस्कार प्राप्त गरेको छ । महोत्सवमा ४५० विद्यार्थीहरुले प्रत्यक्ष सहभागिता जनाएका थिए ।
शाखाका अध्यक्ष विनोदकुमार मुनंकर्मीको सभापतित्व तथा नेपाल संगित, नाट्य तथा नृत्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ(रायन)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीसका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष शिवजी श्रेष्ठ, भक्तपुर लेडी जेसीसकी संस्थापक अध्यक्ष विद्या राजभण्डारी, पूर्व अध्यक्षहरु ओबिनराज कायस्थ, श्रीचरण अमात्य, धनेशराज राजोपाध्याय, रामेश्वर भूजु, भक्तपुर लेडी जेसीसकी अध्यक्ष ज्योति स्वङ्गमिखालगायतको सहभागिता रहेको थियो ।

 

:507 Views

Leave a Reply