ब्रिजवाटर कप फुटबलमा डीएभी, माइलस्टोन र ब्राइट फ्युचरको जीत

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा जारी ब्रिजवाटर कप पुरुष फुटबल प्रतियोगितामा सोमबार डीएभी, माइलस्टोन र ब्राइट फ्युचर कलेजले जीत हात पारेका छन् ।
ब्रिजवाटर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताअन्तर्गत सोमबार भएको पहिलो खेलमा डीएभीले नोबल कलेजलाई ट्राईब्रेकरमा पन्छाएको हो । निर्धा्रित असी मिनेटको खेलमा एकएक गोलको बराबरी भएपछि सीधै पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको हो । जसमा डीएभीका पाँचै खेलाडीको प्रहार सफल हुँदा नोबलको एउटा प्रहार असफल भयो । डीएभीका गोल रक्षक अमन चौधरीले नोबलका एक खेलाडीको पेनाल्टी प्रहारको बचाउ गर्दै आफ्नो टीमको जीत सुनिश्चित गरे । जसअनुसार गोलरक्षक चौधरी उक्त स्पर्धाको म्यान अफ दी म्याच बन्न सफल भए ।
मध्यपुर थिमि नपा २ सानोठिमीस्थित मध्यपुर युथ एसोसियसनको फुटबल मैदानमा भएको अर्को खेलमा माइल स्टोनले गान्धी इन्टरनेसनल स्कुललाई ३–० गोलले हरायो । विजेता माइल स्टोनको लागि योमन राईले दुई गोल गर्दा अमृत रोकायाले अर्को गोल थपे । दुई गोल गर्ने माइल स्टोनका राई यस खेलका उत्कृष्ट खेलाडी बने । नकआउटको आधारमा भइरहेको प्रतियोगिताको सोमबार भएको अन्तिम खेलमा ब्राइट फ्युचरले युनाइटेड एकेडेमीलाई ४–१ गोलले पराजित गरेको छ । पुकार खड्काको गोलबाट अग्रता लिएको युनाइटेडका खेलाडीहरुको तालमेल नमिल्दा ब्राइट फ्युचरले जीत आफ्नो पोल्टामा पारेको थियो ।
पहिलो हाफमै पाएको पेनाल्टीलाई ब्राइट फ्युचरका माल्दिना याङथोपोले खेर जान नदिएर खेल बराबरीमा ल्याएका थिए । युनाइटेडलाई निरन्तर दबाबमा राखेको ब्राइट फ्युचरका लागि निराजन मल्ल, आशीष खड्का र प्रमिश गुरुङले एकएक गोल थपे । उक्त स्पर्धामा ब्राइट फ्युचरका याङथोपो म्यान अफ दी म्याच घोषित भए । काठमाडौं उपत्यकाका ३२ वटा माध्यमिक विद्यालय तथा कलेजहरुको सहभागिता रहेको प्रतियोगितामा मंगलबार पनि तीनवटा खेल हुने सञ्चार संयोजक ज्ञानु श्रेष्ठले जानकारी दिइन् । प्रतियोगिताको विजेता कलेजले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्ने छन् ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव