फिजम अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको चौथो संस्करण सुरु

काठमाडौं । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा चौथो फिजम कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता गोठाटारमा अवस्थित मोनास्तिक पब्लिक स्कुलमा सुरु भएको छ । प्रतियिगितामा पुरुष तर्फ १५ र महिला तर्फ १४ गरि जम्म २९ समूहले भाग लिएका छन् । एक सप्ताहब्यापीरुपमा हुने उक्त प्रतियोगिता पौष ७ गतेसम्म संचालन हुने कार्यक्रम संयोजक सुनिल केसीले बताए । फिजमका सल्लाहकार एवं ग्रामर पब्लिक स्कुलका प्राचार्य आर के राईको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल बास्केटबलका राष्ट्रिय कप्तान सदिस प्रधान रहेका थिए । कार्यक्रम लिगकम नकआउट आधारमा हुने आयोजकले बताएको छ ।

:297 Views

Leave a Reply