ब्रिजवाटर कलेज र सैनिक स्कुल सेमिफाइनलमा प्रवेश

भक्तपुर, ७ पुस । ब्रिजवाटर इन्टरनेशनल कलेजको आयोजनामा भई रहेको ब्रिजवाटर कप २०१९ को सेमिफाइनल खेलमा ब्रिजवाटर कलेज र सैनिक स्कुल प्रवेश गरेको छ ।
आज भएको पहिलो खेलमा लिटिल एन्जल्स स्कुलले विनायक शिक्षा निकेतनलाई ४—३ गोलले पराजित गरेको थियो । जितसँगै लिटिल एन्जल्स स्कुलले क्वाटर फाइनलको लागि आफ्नो स्थान पक्का गरेको छ । उक्त खेलमा लिटिल उन्जल्स स्कुलका सुरज चन्द्र म्यान अफ द म्याच घोषित भएका थिए । आज भएको दोस्रो खेलमा आयोजक ब्रिजवाटर कलेजले माइलस्टोन कलेजलाई २—१ ले पराजित गर्दैै सेमिफाइनलमा आफ्नो स्थान सुनिच्छित गरेको छ । खेलको म्यान अफ द म्याच ब्रिजवाटर इन्टरनेशनल कलेजका रोशन सिंह विष्ट घोषित भएका थिए ।
त्यस्तै आज भएको तेस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले ब्राइट फ्युचर एकेडेमीलाई ३—० गोल अनतरले पराजित गरी सेमि फाइनलमा प्रवेश गरेको छ । सो खेलमा म्यान अफ द म्याच सैनिक आवासिय महाविद्यालयका सर्वोच्च राई घोषित भएका थिए ।
:497 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव