एभरेष्ट स्कुलद्वारा नौजना विद्यार्थीलाई छात्रबृति

भक्तपुर । भक्तपुरको एभेरेष्ट इगलिश स्कुलले भक्तपुरकै भार्वाचोस्थित श्री गणेश माध्यमिक विद्यालयका छात्रबृति रकम वितरण गरेको छ । एभरेष्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले गणेश स्कुलका प्रधानध्यापक गंगाप्रसाद याकामीलाई एक कार्यक्रमवीच २२ हजार रुपैयाँं बराबरको चेक हस्तान्तरण गनुभएको हो । गणेश स्कुलका नौ जना विद्यार्थीका उक्त छात्रबृति रकम हस्तान्तरण गरिएको हो ।
सरकारी स्कुल र त्यसका विद्यार्थीलाई उत्कृष्ट गराउन सहयोग गर्ने सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको सरकारी योजना अनुसार सहयोग गरेको एभरेष्ट स्कुलका संस्थापक प्रिन्सिपल राजभण्डारीले जनाए । उनका अनुसार यो सहयोग रकम तोकिएका नौ जना विद्यार्थीका लागि प्रयोग गरिनेछ । सम्वन्धित स्कुलले गरिव तथा जेहेन्दार भनी पठाएको नौ जना विद्यार्थीलाई सहयोग गरेको उनले जनाए । सरकारी स्कुलमा मासिक शुल्क निःशुल्क भए पनि त्यसबाहेकका शुल्क यो छात्रबृति रकमबाट प्रयोग गरिनेछ ।
कार्यक्रममा ती नौ जना विद्यार्थीलाई एभरेष्ट स्कुलकै सहायक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले स्टेशनरी सामान वितरण गर्नुभयो । एभरेष्ट स्कुलले गणेशसहित भक्तपुरका बालभूषण निम्न माध्यमिक विद्यालय झौखेल, भैरवी निमावि गुण्डु र कालिका आधारभूत विद्यालय कलमसी भक्तपुरलाई पनि सहयोग गर्दै आएको जनाएको छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव