युरो किड्समा खेल सप्ताह

भक्तपुर । भक्तपुर युरो किड्स सल्लाघारीमा पढीरहेका सबै वालवालिकालाई खेलकूदमा सहभागी गराउने उद्धेश्यले आयोजित सप्ताहव्यापी युरो किड्स खेल महोत्सव २०१९ सोमबार सम्पन्न भयो ।
सप्ताहव्यापी खेल महोत्सवमा शटपुट, लङ्गजम्प, ५० मिटर रिले दौड, रिले फ्रग जम्प, ५० मिटर दौड, डोरी तान (टग अफ वार), व्लाइण्ड फोल्ड, बेलुन ब्यालेन्सिङ्ग र टेवल टेनिस लगायतका खेल समावेश थिए । विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले खेल महोत्सवको समापनका अवसरमा विजयी विद्यार्थीलाई पदक तथा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । खेल महोत्सव समापनका अवसरमा विद्यार्थीहरुले राष्ट्रिय भावनाका गीतहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव