करियरमा ‘दोस्रो अटोमेशन एण्ड रोबोटिक्स प्रर्दशनी’ सम्पन्न

काठमाडौं । पेप्सीकोला टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीमा अध्ययनरत विद्यार्थीले आफुले अटोमेशन र रोबोटिक्स कक्षामा सिकेका विषयलाई व्यवहारिक रुपमै प्रयोगात्मक सामग्री बनाई प्रर्दशनी मार्फत अभिभावकहरुलाई देखाएका छन् ।
विद्यालयको कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरुले बनाएका विज्ञानसम्वन्धी आविश्कार र नयाँ सामग्रीहरु अभिभावकहरुले चासोपुर्वक हेरेर सकारात्मक प्रतिक्रिया दिएका थिए ।
कक्षा ९ का विद्यार्थीले बनाएको अटोमेटिक पानी तान्ने पम्पदेखि घरको सुरक्षामा अपनाइने सेक्युरिटी सिस्टम र अरु कक्षाका विद्यार्थीले बनाएको लाइन टेस्टर, एज डिकेक्टर, ब्लुटुथ कन्ट्रोल रोबोट र ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइटको समेत प्रर्दशनीमा राखिएको थियो ।
हरेकवर्ष आयोजना गरिने यसप्रकारको अटोमेशन एण्ड रोबोटिक्स प्रदर्शनमा विद्यार्थीहरुले आफुले कक्षामा सिकेका कुरा प्रयोगात्मक रुपमै आफैंले एकल या साथीहरुसंग समूहगत रुपमा बनाएर प्रदर्शन गर्ने विद्यालयका प्रिन्सिपल हेम राई बताउँछन । ‘उनीहरुले बनाएका सामग्री प्रत्यक्ष हेरेर अभिभावक र दर्शकबाट पाउने प्रतिक्रिया उनीहरुका लागि हौसला बन्ने गरेको छ’—प्रिन्सिपल राई भन्छन् ।
विद्यालयको अटोमेशन एण्ड रोबोटिक्स र लेगो रोबोटिक्स विभागको आयोजनामा सो प्रदर्शनी आयोजना गरिएको हो । सो विभागले विद्यालयको ५ देखि ९ सम्मका सबै विद्यार्थीहरुलाई हप्तामा दुईदिन अटोमेशन, रोबोटिक्स र लेगो रोबोटिक्सका वारेमा कक्षा सञ्चालन गर्दै आएको छ । ती दुवै विभागको संयोजक उमेश श्रेष्ठ छन् ।
विज्ञान र प्रविधिप्रति विद्यार्थीको आकर्षण बढाउनका साथै रोबोटिक्स र अटोमेशन कक्षामा सिकेका कुराबाट आफैंले केही नयाँ प्रविधि बनाउन सकुन भनेर यस्ता प्रदर्शनीले मद्धत पुर्याउने विद्यालयको शैक्षिक प्रमुख दिपेन्द्र श्रेष्ठ बताउँछन । प्रदर्शनीमा अभिभावक र अन्य गरी ६ सयभन्दा बढीले अवलोकन गरेको विद्यालयले जनाएको छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव