कोविदा किड्समा अभिभावकले लिए आफ्ना बच्चाको परीक्षा

भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित कोविदा किड्स प्रि–स्कुलको ‘कोविदा दोस्रो एक्स्प्लोरेसन डे’ सम्पन्न भएको छ । विद्यालयले दिएको प्रश्नावली तथा परीक्षणका तरिकाबाट अभिभावकले आफ्ना बाबुनानीहरुको प्राज्ञिक तथा व्यवहारिक विकासबारे परीक्षण गरेका थिए ।
कार्यक्रममा बालबालिकाको शैक्षिक, मनोवैज्ञानिक तथा व्यवहारिक विकासको अनुशीलन गरिएको थियो । विद्यालयका संस्थापक प्रिन्सिपल सम्जना बस्नेतले बालबालिकाको बहुआयामिक विकासको चरणमा देखा पर्ने विभिन्न समस्या र तिनको वैज्ञानिक समाधान पहिल्याउन उक्त कार्यक्रम गरिएका बताइन् ।
‘अब परम्परागत शिक्षण विधि तथा परीक्षा लिने तरिकामा परिवर्तन ल्याउनुपर्छ । अबको शिक्षण प्रणाली तथा पाठ्यक्रममा पास फेल वा ग्रेडिङभन्दा पनि बालबालिकाको सिर्जनात्मक, वैज्ञानिक र व्यवहारिक प्रगतिमा केन्द्रित हुनुपर्छ ।’ उनले थपिन्, ‘प्रत्येक बालबालिका अभिभावकका प्रतिबिम्ब हुन्छन् । अभिभावकले आफ्नो सन्तान जस्तो भएको देख्न चाहनुहुन्छ, आफू पनि त्यस्तै हुनुपर्छ ।’
विद्यार्थीले आफूभित्र अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न अपनाइएको विधि, त्यसको प्रभावकारीताबारे मूल्यांकन तथा दोस्रो त्रैमासिकसम्ममा विद्यार्थीहरुको लेखाइ, बोलाइ र सिकाइ बारे कार्यक्रममा छलफल गरिएको थियो ।
:733 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव