तीन अलग शिक्षा ऐन आवश्यकः शिक्षा मन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा ऐन, प्राविधिक ऐन र उच्च शिक्षा छाता ऐन गरी तीन शिक्षा ऐन आवश्यक रहेको बताएका छन् ।
शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘संघीयतामा शिक्षा र स्थानीय तहका राम्रा अभ्यास, अवसर र चुनौती’ विषयको अन्तक्र्रियात्मक कार्यक्रममा उनले भने, ‘अन्तराष्र्टिय नियम नै पहिला निति आउने हो, त्यसपछि ऐन । हामीले तीन ओटा छुट्टा छुट्टै ऐन बनाउनुपर्ने विषय उठान गरेका छौँ ।’
त्यस्तै शिक्षा सुधारका लागि सिकाई केन्द्रित हुनुपर्ने बताउँदै उनले शिक्षकको न्यूनतम प्रवद्धन नगरी विद्यालयको प्रवद्धन नहुनेमा जोड दिएका छन् ।
कार्यक्रममा शिक्षा पत्रकार समूहका पूर्व अध्यक्ष राजन शर्माले १३ वटा स्थानिय पालिकाले शिक्षामा गरेका कार्यका बारेमा प्रस्तृती दिएका थिए भने डा. मिनाक्षी दाहालले ‘प्रारम्भिक बालविकाससम्बन्धि उत्तरदायित्व बहनमा प्रदेश र स्थानीय सरकारको तत्परता’ विषय प्रस्तृत गरेकी थिइन् ।
कार्यक्रमको समिक्षा गर्दै शिक्षाविद् डा. विद्यानाथ कोइरालाले स्थानीय सरकार र केन्द्रिय सरकारबिचमा संवादको कमि रहेको औल्याएका छन् । उनले पालिका–पालिकाबिच सहकार्य गर्नुपर्नेमा पनि जोड दिए ।
:323 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव