ब्रिजवाटर, सैनिक, लिटिल एन्जल्स र सैपाल एकेडेमी सेमिफाइनलमा प्रवेश

भक्तपुर, ९ पुस । मंसिर २९ गतेबाट सुरु भएको ब्रिजवाटर कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा ब्रिजवाटर कलेज, सैनिक आवासिय महाविद्यालय, लिटिल एन्जल्स स्कुल र सैपाल एकेडेमी पुग्न सफल भएका छन् ।
ब्रिजवाटर कलेज, सैनिक आवासिय महाविद्यालय, लिटिल एन्जल्स स्कुलले आफ्नो सेमिफाइनलको यात्रा कायम गरिसकेको थियो । आज भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा जनप्रेमी कलेजलाई १—० ले हराउँदै सैपाल एकेडेमीले सेमिफाइनलको स्थान पक्का गरेका थियो । खेलमा सैपाल एकेडेमीका अस्मित घिमिरे म्यान अफ द म्याच घोषित भएका थिए । भोलि सेमिफाइनलका दुवै खेलहरु हुनेछन् । भोलि पहिलो सेमिफाइनल खेल आयोजक ब्रिजवाटर कलेज र सैनिक आवासिय महाविद्यालयर बीच दिनको १२ बजे हुने छ भने दोस्रो खेल लिटिल एन्जल्स स्कुल र सैपाल एकेडेमी बीच दिनको २ बजे हुनेछ ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव