खण्डप्रास सूर्यग्रहण

पौष कृष्ण औंशी तिथिका दिन अर्थात् पुस १० गते विहीवार तदनुसार डिसेम्बेर २६ तारिखको दिन आज सूर्यग्रहण लाग्ने भएको छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका लगायत एसियाका सबै देश, हिन्दुमहासागर, मलेसिया, पूर्वी युरोप, उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रिका सहित विश्वका अधिकांश ठाउाबाट देख्न सकिनेछ । नेपाली समय अनुसार विहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९ मिनेटको रहनेछ । विशेष यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिणको बीचमा मोक्ष हुनेछ ।

:288 Views

Leave a Reply