अनल ज्योतिमा विपद व्यवस्थापन अभिमुखिकरण

ललितपुर । ललितपुरको सुनाकोठीस्थित अनल ज्योति माध्यमिक विद्यालयमा विपद व्यवस्थापनसम्बन्धि अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
चापागाउँको महानगरीय प्रहरी बृत्तको आयोजना र सामाखुशीको विपद व्यवस्थापन महाशाखाको संयोजकत्वमा भएको कार्यक्रममा आगलागीबाट धनजनको क्षतिबाट बच्ने विधि बताइएको थियो ।
विद्यालयका प्रिन्सिपल निरोज महर्जनले विद्यार्थीहरुलाई आपत्कालिन समयमा सजग हुने सीपको बिकास गर्ने उद्देश्यले कार्यक्रम गरिएका जानकारी दिए ।
सोमबार भएको उक्त कार्यक्रममा कक्षा १ देखि १० सम्मका जम्मा ५६२ जना विद्यार्थीहरुलाई आगलागीलगायत व्यक्तिगत सुरक्षाका उपायबारे चेतनामुलक विविध प्रदर्शनी गरिएको थियो ।
कक्षा ९ का ब्रिट्नी महर्जनले यस कार्यक्रमबाट आगलागी नियन्त्रणको बारेमा सिकेको बताउँदै उनी भन्छिन्, ‘मलाई घरमा ग्याँसको सिलिण्डरमा आगो लाग्ने सम्झदा पनि निकै डर लाग्थ्यो तर अब म आगलागी नियन्त्रण गर्न सक्ने र निडर भएको छु ।’
:596 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव