कोरोना स्कुललाई एकै वर्ष ४ अन्तराष्ट्र्रिय पुरस्कार

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित कोरोना स्कुलले यस वर्ष ४ वटा अन्तराष्ट्रिय पुरस्कार पाएको छ ।
दुबाईमा मंसिर २८ गते भएको ‘ग्लोबल एजुकेशन अवार्ड’ अन्तर्गत २ वटा अवार्ड र मंसिर ३० गते भएको ‘अन्तराष्ट्रिय स्कुल अवार्ड’ मा २ वटा गरी विद्यालयले जम्मा ४ वटा अवार्ड जित्न सफल भएको छ ।
विश्वका ५२ देशका स्कुल सहभागी रहेको ग्लोबल एजुकेशन अवार्डमा विद्यालयका कार्यकारी अध्यक्ष सुरजचन्द्र महर्जनले ‘वर्षकै गतिशिल सि.इ.व’ र विद्यालयकी प्रिन्सिपल देविना श्रेष्ठले ‘प्रतिष्ठित शिक्षाविद्’ को अवार्ड प्राप्त गरेका थिए ।
त्यस्तै गरी अन्तराष्ट्रिय स्कुल अवार्डमा विद्यालयलाई ‘शिक्षामा नविनता अवार्ड’ र प्रिन्सिपल श्रेष्ठलाई ‘विद्यार्थीको विकासमा योगदान अवार्ड’ प्रदान गरिएको थियो । शिक्षा क्षेत्रमा योगदान गरेको आधारमा अवार्ड प्रदान गरिएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिइन् ।
:968 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव