सैनिक र सैपाल उपाधिको लागि भिड्ने

भक्तपुर, पुष १० । सैनिक आवासीय महाविद्यालय र सैपाल एकेडेमी प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तर कलेज छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो सेमिफाइनल खेलमा सैनिक स्कुलले आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेजलाई ५–० गोलले पराजित गरेको थियो । सैनिकका विश्रान्त बस्नेत ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।
अर्को सेमिफाइनल खेलमा सैपालले लिटिल एन्जल्स स्कुललाई २–१ गोलले पराजित गरेको थियो । सैपालका सन्जिव लामा ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।
प्रतियोगिताको फाइनल खेल पुस १२ गते शनिवार ११ बजे हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव