सैनिक स्कुलले उचाल्यो ब्रिजवाटर कप फुटबलको उपाधि

भक्तपुर । भक्तपुरको सैनिक आवासीय महाविद्यालयले ब्रिजवाटर कप पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
ब्रिजवाटर इन्टरनेसनल कलेजद्वारा मंसिर २९ गतेदेखि सानोठिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा आयोजना गरेको ब्रिजवाटर कप २०१९ को शनिबार भएको फाइनलमा साइपाल एकेडेमीलाई ३–० गोलले हराउँदै सैनिकले उपाधि चुमेको हो । सैनिकले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार जितेको छ भने साइपाल एकेडेमी पचास हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउन बाध्य भयो ।
आज भएको फाइनल खेलको जितको लागि सैनिकका बिश्रान्त बस्नेतले दुई गोल गरे । अर्को गोल भने कप्तान पुकार भण्डारीले थपे । फाइनलको म्यान अफ दी म्याच विश्रान्त बस्नेत घोषित भएका थिए । प्रतियोगिताभर एउटा पनि गोल नखाएका सैनिककै गोलरक्षक आशिष बस्नेतले उत्कृष्ट गोलकिपरको उपाधि जिते । सैनिककै कमल गुरुङ उत्कृष्ट मिल्ड फिल्डर हुँदा बाबुकाजी धौबञ्जार उत्कृष्ट कोच घोषित भएका थिए ।
उपविजेता साइपालका सञ्जीव लामा सर्वोत्कृष्ट खेलाडी बने । आयोजक ब्रिजवाटरका प्रजन राई उत्कृष्ट स्ट्राइकर घोषित हुँदा भक्तपुरको आदर्श जनप्रेमी स्कुल अनुशासित टीमले पुरस्कृत भए । प्रतियोगिताका विजेता तथा उपविजेता टीमसँगै उत्कृष्ट खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विक, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा काठमाडौं उपत्यकाका ३२ वटा स्कुल तथा कलेजहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव