विद्यार्थीको सर्वाङ्गीण विकासका लागि ओलम्पिक

ललितपुर । ‘जित्नुभन्दा सहभागी हुनु महत्वपूर्ण हो’ भन्ने नाराका साथ अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियशन (एकता) ले शनिबार ‘८ औँ किन्डर ओलम्पिक्स’ कार्यक्रम गरेको छ ।
कार्यक्रममा बालबालिकाको ओलम्पिकमा रुचि बढाउन र उनीहरुको सर्वाङ्गीण विकासका लागि ओलम्पिक आयोजना गरेको आयोजक टिमकी बिना शर्माले जानकारी दिइन् । उनी भन्छिन्, ‘यस्ता क्रियाकलापले नानीबाबुको चेतना विकासमा सकारात्मक प्रभाव पार्छ । यसले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग गर्छ । र उनीहरुलाई भविष्यमा सक्रिय जीवन बिताउन सिकाउँछ ।’
किन्डर ओलम्पिक्समा विद्यार्थीहरुले जीम्न्यास्टिक, कराते, जुम्बा, टेक्वान्डो जस्ता खेल प्रदर्शन गरेका थिए । नानीबाबुलाई १८ किसिमका खेल खेलाइएको थियो भने सहभागी सबै स्कुललाई ट्रफी र प्रत्येक विद्यार्थीलाई मेडल प्रदान गरिएको थियो ।
२८ विद्यालयको सहभागीता रहेको ओलम्पिक्समा १४ स्कुलबिचको खेल शनिबार भएको थियो भने बाकी १४ स्कुलको खेल पुस १९ गते शनिबार हुनेछ ।
:992 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव