प्याब्सकको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण

काठमाडौँ  । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाण–पत्र वितरण गरिएको छ ।

प्याब्सकका अध्यक्ष गेन्द्र लामा, उपाध्यक्ष समिर बास्तोला, महासचिव राजन श्रेष्ठ, उप–महासचिव भिष्म ढकाल, सचिव दिपेश खत्री, कोषाध्यक्ष मिनकुमार कोइराला, सह–कोषाध्यक्ष सुदिप काफ्ले र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

शुक्रबार भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष केदारराज पुडासैनीले पानसमा दीप बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । पदाधिकारीको प्रमाण–पत्र वितरण र नवनिर्वाचित पदाधिकारीको तर्फबाट निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको महासचिव श्रेष्ठले जानकारी दिए ।

उक्त अवसरमा एन प्याब्सन काठमाडौँका निवर्तमान अध्यक्ष सिपी आचार्य र प्याब्सकका निवर्तमान अध्यक्ष नारायणबाबु तिम्सिनालाई सम्मान गरिएको थियो ।

आगामी ३ वर्षे कार्ययोजन बारे जानकारी दिँदै अध्यक्ष लामाले विद्यालय सञ्चालक र विद्यार्थीको लागि विभिद कार्यक्रम आयोजना गरिने सुनाउँदै उनले भने, ‘प्रिन्सिपलहरुलाई नेतृत्व विकास, तनाव व्यवस्थापन र स्कुल व्यवस्थापन तालिमलगायत विभिन्न भ्रमणको योजना बनाएका छौँ भने विद्यार्थीको सर्वाङ्गिक विकासका लागि विभिन्न प्रतियोगिता गरिनेछ ।’

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, एन प्याब्सनका केन्द्रिय वरिष्ठ निवर्तमान उपाध्यक्ष सुर्य बहादुर अधिकारी, पुष्पलाल मेमोरियल कलेजका क्याम्पस प्रमुख शम्भु अधिकारी, एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली र प्याब्सकमा आवद्ध विद्यालयका प्रिन्सिपल र शिक्षासंग सरोकार व्यक्तिहरुको सहभागिता रहेको थियो ।

:225 Views

Leave a Reply