अनल ज्योतिमा गायन प्रतियोगिता

ललितपुर । अनल ज्योति माध्यमिक विद्यालयमा संगीतकार कैलाश राईको संयोजकत्वमा गायन प्रतियोगिताको सातौं संस्करण सम्पन्न भएको छ ।
सिनियर विधा अन्तर्गत कक्षा ७ देखि ९ सम्मको गरि जम्मा १२४ जना विद्यार्थीहरुले आफ्नो गायन कला प्रस्तुत गर्दै प्रतियोगिता सम्पन्न भएको थियो । कक्षा ९ का सानु राईले आउ न आउ गीत गाउदै सिनियर विधा तर्फ बिजयी भइन भने कक्षा ९ का आषिस थापा मगर द्वितिय, मोलाम घिसिङ त्रितिय र कक्षा ८ का सन्देश बुढा सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । जुनियर विधा अन्तर्गत अध्यनरत कक्षा४ देखि ६ सम्मको १२ जनाले भाग लिएको मा कक्षा ६ का सौजन पुडासैनीले बादल पारीको देशबाट गीत गाउदै जुनियर विधा तर्फ बिजयी भइन् । कक्षा ५ का एञ्जेल थापा मगर द्वितिय, कक्षा ४ का एञ्जेल घिमिरे त्रितिय र कक्षा ६ का स्पन्दन थामी सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रममा निर्णायकको भूमिकामा गायीका सुजाता वर्माले गरेका थिए । उनले ए दाजु नसमाउ नाडीमा बोलको गीत पनि बिद्यार्थीहरु माझ प्रस्तुत गरेका थिए । विजेता गायन प्रतियोगीहरुलाई विद्यालयका प्रिन्सिपल निरोज महर्जन र निर्णायक सुजाता वर्माले प्रमाण पत्र र ट्रफि वितरण गरेका थिए ।
ललितपुर ढोलाहिटिमा रहेको अनल ज्योति स्कुलले शैक्षिक गुणस्तर समयसापेक्ष उच्च राख्दै ललितपुर रिङरोड दक्षिण भेगमै उत्कृष्ट विद्यालय रहदै आएको छ । यस विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि आइएसए अवार्ड, डुक अफ इडिनवर्ग अवार्ड, एसक्युसी, स्काउट लगायत कार्यव्रmम संचालन गर्दै आइरहेको छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव