ग्रामरका विद्यार्थीले चटपटे बनाएर शिक्षकलाई बेचे

काठमाडौं । आत्मनिर्भर हुन र भविष्यमा व्यवसाय नै नर्गुपरे पनि पाककला सिक्ने उद्धेश्यले ग्रामर पव्लिक स्कुल कोटेश्वरका ८ कक्षाका विद्यार्थीले विद्यालयको हातामा स्वास्थ्यवद्र्धक र स्वच्छ खानेकुरा बनाएर प्रर्दशन तथा विक्री गरेका छन् ।
कक्षा ८ का सबै विद्यार्थीलाई चारवटा समूह मार्फत अलग अलग स्टल बनाएर सजिलो, छिटो खाइने र धेरैले मन पराउने खाजा चटपटे र आलु साँधेर अचार बनाउन लगाइएको थियो ।
विद्यार्थीहरुले आ—आफ्नै खालको रेसिपी (खाजा बनाउने तरीका) बनाई आफ्नै तरीकाले चटपटे र आलु उसिनेर साँधी अभिभावक, शिक्षक र अरु कक्षाका विद्यार्थीलाई विक्री गरेको अतिरिक्त कृयाकलाप संयोजक पासांग नामगेल घिसिङ्गले बताए ।
आफैं घरमा खाजा बनाएर खान या भविष्यमा व्यवसायी बन्नलाई सघाउन होस आफुले पढेको कुरा व्यवहारमै उतारेर खानेकुरा तयार गर्दा उनीहरुले कहिल्यै पनि नबिर्सिने विद्यालयको भनाई छ ।
:303 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव