विनायकलाई दोस्रो अन्तर्राष्ट्रिय अवार्ड

मध्यपुर ठिमी । मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई.स्कुलकी छात्रा सबिरा शंंखदेवले रोटरी इन्टरनेशनलको भगिनी संस्था इन्ट्रयाक्ट क्लवको Act Asia-2019 Asian Rotary Youth Conference मा विभिन्न देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले अन्तर्राष्ट्रिय मल्टिकल्चरल अवार्ड– २०१९ प्राप्त गर्न सफल भएकी छिन् ।
भुटानको राजधानी थिम्पुमा आयोजना गरिएको Act Asia Asian Youth Conference-2019 मा ५ देशका सहभागिहरुलाई पछाडि पार्दै उनले मल्टिकल्चरल अवार्ड प्राप्त गर्न सफल भएकी हुन् । विनायक इन्ट्रयाक्ट क्लवकी सदस्य सबिरा नेपालको इन्ट्रयाक्टरहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा विद्यालयका प्रिन्सिपल एवं रोटरी क्लव अफ मध्यपुरका चार्टर प्रेसिडेन्ट सुरेन्द्र विक्रम प्रजापतिको नेतृत्वमा अन्य १०४ जना विद्यार्थीहरु तथा रोटरीयन साथमा भुटान जानुभएको थियो । स्मरण रहोस् , विनायक शिक्षा निकेतनले गत मंसिर १०–१५ सम्म भारतको लखनउमा आयोजित विद्यार्थी गुणिय चक्रको अन्तर्राष्ट्रिय सम्मेलनमा पहिलो अन्तर्राष्ट्रिय जुरान अवार्ड प्राप्त गरेको थियो भने Act – Asia Conference-2019 भुटानमा दोस्रो अन्तर्राष्ट्रिय अवार्ड “मल्टिकल्चरल अवार्ड” प्राप्त भएको जानकारी आएको छ । त्यतिमात्र नभएर यही माघ १ गते पोखरामा आयोजना हुन गइरहेको स्क्रायावल च्याम्पियनसिपमा विद्यालयका मेधावी छात्र जलज प्रजापति अन्तर्राष्ट्रिय च्याम्पियनसिपका लागि राष्ट्रिय च्याम्पियनको हैसियतले प्रतिस्पर्धा गर्दैछन् ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव