दुई किसिमले आयो कक्षा १२ को नतिजा

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बोर्डले अक्षरांक पद्दतिमा नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार जीपीए ३ दशमलब ६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय ६९ रहेको छ ।
परीक्षामा नियमिततर्फ कूल २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सम्मिलित भएकामा ३ दशमलब २१ देखि ३ दशमलब ६ शून्यसम्मको जिपीए ल्याउने विद्यार्थीको संख्या ११ हजार २ सय २१ छ । बोर्डका अनुसार २ दशमलब ८१ देखि ३ दशमलब २ शुन्य ल्याउने विद्यार्थी संख्या २७ हजार ६ सय ४३ छ भने २ दशमलब ४१ देखि २ दशमलब ८ शुन्यसम्मको नतिजा ल्याउने ५८ हजार ३ सय ४५ छन् ।
प्रकाशित नतिजा विवरण अनुसार २ दशमलब शुन्य १ देखि २ दशमलब ४ शुन्य जिपिए ल्याउने विद्यार्थी संख्या ९० हजार २ सय ९९ सय छ । त्यस्तै ६६ हजार ४ सय ३८ ले १ दशमलब ६१ देखि २ सम्म २२ हजार ७ सय ३४ ले १ दशमलब २१ देखि १ दशमलब ६ शुन्य, ४ हजार ४ सय ८७ ले शुन्य दशमलब ८१ देखि १ दशमलब २ शुन्य र शुन्य दशमलब ८ शुन्य जीपीए ल्याउने विद्यार्थी १ सय ९९ जना रहेका छन् ।
बोर्डले ९७ जनाको नतिजा रद्द र २ जनाको स्थगित भएको पनि जनाएको छ ।
यसैगरी आँशिकतर्फको नतिजा पनि सार्वजनिक भएको छ । उक्त नतिजा अनुसार ३५ दशमलब २ प्रतिशत अर्थात् ४१ हजार ३ सय २५ जना उत्र्तीर्ण भएका छन् । आँशिकमा कूल १ लाख १७ हजार ४ सय १४ परीक्षार्थी सहभागी थिए । नियमित तर्फको परीक्षा ग्रेडिङमा गरे पनि आँशिक विद्यार्थीको भने अँककै आधारमा नतिजा निकालिएको हो । आँसिकमा पनि २० विद्यार्थीको नतिजा रद्द र २ जनाको स्थगित गरिएको छ ।
गत बैशाखमा भएको परीक्षाको नतिजा परीक्षा बोर्डको वेवसाइटमा हेर्न सकिनेछ । नतिजा यहाँ क्लिक गर्नुस् ।http://www.neb.gov.np/results
:1013 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव