प्याब्सन सूर्यविनायकको प्रथम वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । प्याब्सन सूर्यविनायकको प्रथक वार्षिक साधारण सभा २०७६ सम्पन्न भएको छ । पुस १६ र १७ गते होटल ताज मुलकोट, सिन्धुलीमा भएको उक्त कार्यक्रममा सूर्यविनायक नगर प्याब्सन अन्तर्गत पर्ने सबै विद्यालयका प्रधानाध्यापक, जिल्ला कमिटी, नगर कमिटी र विद्यालय प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।
प्रदेश नं ३ का नेकपा अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमका सभापतित्व प्याब्सन सूर्यविनायकका अध्यक्ष सानु राजा कार्कीले गरेका थिए । विशेष अतिथीका रुपमा केन्द्रिय उपाध्यक्ष दिपीका रिमाल थापा, गोपाल आचार्य, शिव कार्कीको उपस्थिती रहेको थियो । ऐतिहासिक प्रथम प्याब्सन सूर्यविनायक नगर साधारण सभामा दीर्घ सम्मान र गौरव सम्मान विद्याहरूमा पनि सम्म्मानित गरिएको थियो । कार्यक्रममा मोर्डन स्कुलका बाबुकाजी कसपाल, एभरेष्ट इंग्लिस स्कुलका भतm राजभण्डारी, एभरेष्ट भक्तपुर स्कुलकी कमला राजभण्डारी, गुण्डु स्कुलका बोध राज कार्की, सि. भि .एम स्कुलका शकंर प्रसाद पौडेल, बालबालिका स्कुलकी लक्ष्मी थापा, माउन्ट भ्यू स्कुलका राजकुमार मर्हजन, मेरीगोल्ड स्कुलका भुवनलाल श्रेष्ठ, एस एस स्कुलका श्रीकृष्ण के.सी र स्प्रीङ्डेल स्कुलका शिवजी श्रेष्ठ लगाएतका व्यक्तित्वहरूलाई सम्मान पत्र र मालाद्वारा सम्मान गरिएको थियो ।
नगर प्याब्सनका विभिन्न कार्यक्रम नीति, आगामी दिनमा हुनसक्ने चुनौती, परिक्षा, अतिरिक्त क्रियाकलाप, तालिम र गोष्ठी विषयमा पनि छलफल गरिएको उक्त कार्यक्रममा कोषाध्यक्ष भोला चौधरीद्वारा आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको संयोजन दिनेश मैनालीले गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव