सिटि मन्टेश्वरीको वार्षिक खेलकुद दिवस सम्पन्न 

काठमाडौँ, २० माघ । काठमाडौँको अनामनगरस्थित सिटि मन्टेश्वरीको वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।

विद्यालयकी प्रिन्सिपल पृष्पा रिजालले विद्यार्थीलाई आत्म विश्वास बढाउन यो खेलको आयोजना गरेको बताउँदै उनले भनिन्, ‘विद्यार्थीलाई आफ्नो लागि आफै केही काम गर्नुपर्छ भन्ने बुझाउनु आजको कार्यक्रमको उद्देश्य हो । यो कार्यक्रमले हार या जितभन्दा विद्यार्थीमा म केही गर्न सक्छु भन्ने आत्मविश्वास सृजना गर्न सहयोग गर्छ । खेलको माध्यमबाट पढाइ हुने हाम्रो विद्यालयले गरेको यस्तो खेलले विद्यार्थीकोे जीवनउपयोगी सिपको विकास गर्छ ।’

शनिबार भएको उक्त कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई जम्मा ५२ वर्गीकृत खेल खेलाइएको थियो । काठमाडौैँ महानगरपालिका वडा २९ का अध्यक्ष कुश ढकालले विजेयी विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा एस.के.जीका छात्राहरुले गरेको १५ मिनेटभन्दा बढि समयको रिङ प्रतिस्पर्धाको दृश्यले सबै सहभागीलाई उत्साहित बनाएको थियो ।

:234 Views

Leave a Reply