भक्तपुर प्याब्सनले Visit Nepal 2020 मनाउँदै

भक्तपुर । प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको अनुसन्धान तथा बिकास उप समितीद्वारा Visit Nepal 2020 को अवसरमा चारै ओटा नगरपालिकाहरूमा नेपालको कला, सम्पदा, हिमाल, पहाड, वन्यजन्तु लगाएत विभिन्न विषय वस्तुहरू समेत्ने गरी प्रत्येक विद्यालयबाट एक जना आर्ट टिचर तथा ३ जना विद्यार्थीहरूबाट Mural Painting कार्यक्रम आयोजना गरिने भएको छ । उक्त कार्यक्रम प्रत्येक नगरपालिकाको पर्यटकीय महत्व भएको स्थान, ऐतिहासिक धार्मिक एवम् सम्पदा भएको स्थानमा आयोजना गरिनेछ जसमा नगरपालिकाको नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, Visit Nepal 2020 का महत्वपूर्ण व्यक्तिहरूको सहभागिता हुनेछ । यो विद्यालयका शिक्षक/शिक्षिका तथा विद्यार्थीहरूबाट सृजना गरिएको यो मुरल आर्टलाई अरनिको राजमार्गको ओवर हेड पुलहरुमा प्रदर्शनको लागि राखिने कुरा समितिका सयोजक एवम् वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

:560 Views

Leave a Reply