फुटसलमा हिमालयन ग्लोरीले बाजी मार्यो

भक्तपुर, २१ पुस । भक्तपुरको च्याम्हासिंहस्थित ख्वप्रिङ इंग्लिस एकेडेमी(सेकेण्डरी स्कुल)को आयोजनामा संस्थागत विद्यालय संघ नेपाल(इसान) मा आवद्ध विद्यालयहरुबीच भएको फुटसल प्रतियोगितामा हिमालन ग्लोरीले विजयी भएर बाजी मारेको छ ।
अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गतको उक्त प्रतियोगितामा एजे सेकेण्डरी स्कुल द्धितीय र ब्राइटस्टार स्कुल तृतीय भएको छ । विजयी विद्यार्थीहरुलाई एन्फाका उपाध्यक्ष, मध्यपुर फुटबल एसोसिएसनका अध्यक्ष एवं पूर्व राष्ट्रिय गोलरक्षक उपेन्द्रमान सिंहले पुरस्कार वितरण गरेका थिए ।
विद्यार्थीलाई विभिन्न शारिरीक क्रियाकलापमा सहभागी गराई उनीहरुको मानसिक र शारिरीक स्वास्थ्यलाई मजबुत बनाउनका लागि ख्वप्रिङले सो स्पर्धाको आयोजना गरेको विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिले जानकारी दिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव