कास्कीको सरकारी स्कुललाई मोडर्नको सहयोग

भक्तपुर । मोडर्न स्कुल र कलेज भक्तपुरले कास्कीको मादी गाउँपालिका—२, ताङतिङस्थित हिमालय मिलन माध्यमिक विद्यालयको लाइब्रेरीका लागि ३०० वटा किताब, कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई टोपी, कापीकलम सहयोग स्वरूप उपहार प्रदान गरिएको छ । यो पवित्र कार्य प्रति मोडर्न स्कुल र कलेजलाई धन्यवाद व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक ओम प्रकाश गुरूङले यस्ता कार्यले विद्यार्थीहरूलाई हौसला बढ्ने, सामाजिक कार्यमा मन जाने र कुनै पनि व्यक्ति र संस्थाको जन्म समाज र राष्ट्रको सेवालाई हो, सहयोग प्राप्त गर्ने विद्यार्थी र विद्यालयले यसको सही सदुपयोग गरि देखाउनुपर्ने बारे उल्लेख गरेका थिए । मोडर्न स्कुल र कलेजले विद्यार्थीहरूलाई प्रत्येक वर्ष नेपालको विभिन्न पर्यटकीय स्थलमा शैक्षिक भ्रमणको रूपमा ट्रेकिङ लाने, अध्ययन अनुसन्धान गराउने, पर्यटन प्रवर्दनका लागि टेवा दिन खोज्दै सो स्थानमा रहेका समुदाय र विद्यालयका विद्यार्थीहरूलाई सक्दो सहयोग गर्ने गरिएको छ । यसपालिको यो भ्रमणमा मोडर्नमा अध्ययनरत कक्षा १२ कानुन संकायका विद्यार्थीहरू संलग्न छन् । यी विद्यार्थीहरूले पौष २६ गते कास्कीको सिक्लेस गाउँका वडा अध्यक्ष सुरज गुरूङ, विद्यार्थी, अभिभावक, शिक्षक र सर्वसाधारणसँग अहिलेको शिक्षा, यस सम्बन्धी सरकारी भूमिकाको बारे बुझाइ, यहाँको शिक्षाको विगत र वर्तमान अवस्था, शिक्षाको आवश्यकता र भविष्यको योजना सम्बन्धी अध्ययन अनुसन्धान पनि गरिएको बारे मोडर्नका प्रिन्सिपल अनिल कसपालले जानकारी गराए ।
:674 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव