विद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी

काठमाडौं । विद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी शनिबार सम्पन्न भएको छ । प्रदर्शनीमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी सामग्री, विज्ञान तथा प्रविधि अन्तर्गतका विविध उपकरण, विद्या संस्कार स्काउट ट्रुपद्वारा मनोरञ्जनात्मक तथा साहसिक खेलको प्रदर्शन गरिनुका साथै विद्यालयका विद्यार्थीहरुद्वारा मञ्चमा गायन, सङ्गीत तथा नृत्यको प्रदर्शन गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलस्थित विद्यालय प्राङ्गणमा भएको उक्त प्रदर्शनीको विद्यालयका संस्थापक निर्देशक तथा प्रधानाध्यापक डा.सुधीर कुमार झा, प्रवन्ध निर्देशक प्रमिता विष्ट तथा निर्देशक समितिका सदस्यहरू राजेश अधिकारी र सुरेश अधिकारीले संयुक्तरूपमा उद्घाटन गर्नु भएको थियो । प्रदर्शनीमा विद्यालयका अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थी लगायत अन्य शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो । उक्त अवसरमा उपस्थित अभिभावकहरुले विद्यालयले आयोजना गरेको प्रदर्शनीले विद्यार्थीहरूको सिकाई उपलब्धिमा उल्लेखनीय भूमिका खेल्ने प्रतिक्रिया दिए ।
:378 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव