ग्ल्याडस्टोन खेलकुद सप्ताह सुरु

विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइराला ,सहप्राध्यापक विनोद भट्टराई तथा एजुकेटिभ फाइनान्स सुरेश श्रेष्ठ अतिथि रहेको कार्यक्रममा सेकेन्डरी कोअर्डिनेटर गुणनिधी कोइराला, प्राइमरी कोअर्डिनेटर शिवभक्त थापामगर तथा प्री-प्राइमरी कोअर्डिनेटर मन्जु श्रेष्ठ ड्यासमा उपस्थित हुनुहुन्थ्यो।आउँदो माघ ३ गते शुक्रबार समापन हुने प्रतियोगितामा फुटबल,बास्केटबल,टेबल टेनिस,एथलेटिक्स,ब्याडमिन्टन जस्ता स्पर्धा सञ्चालन हुनेछन। विद्यालयका चारवटा सदनका बीचमा मार्चपास प्रतियोगिता सहित गरिएको उद्घाटन शत्रमा लेप्टन सदनले खेल पूर्व नै आफ्नो खातामा एउटा गोल्डमेडल दर्ता गर्न सफल भएको छ।
बास्केटबल खेलबाट ग्ल्याडस्टोन खेलकुद सप्ताह २०७६ को उद्घाटन गर्दै प्रमुख अतिथि उपेन्द्रमान सिँहले मध्यपुर युथ एशोशिएसन र ग्ल्याड्स्टोन एकेडेमी बीचको सुमधुर सम्बन्ध अनि आपसी साथ र सहयोगको बारेमा चर्चा गर्नु भयो। खेलकुदकै सेरोफेरोमा बोल्नु भएका सिँहले ग्ल्याडस्टोन एकेडेमीका भूतपूर्व विद्यार्थी,मध्यपुर युथ एशोशिएसनबाट प्रशिक्षित,सहिद स्मारक ए डिभिजन लिग २०७६ मा एन. आर. टि. क्लबमा अनुबन्धित गोलकिपर पुजन होनाको खुलेर प्रशंसा गर्नु भयो।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव