ग्रामिण पाठशालाले मनायो दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस

नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसिमा रहेको ग्रामिण पाठशाला एजुकेशन फाउण्डेशनले दाश्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस मनाएको छ । नमोबुद्ध नगरपालिका वडा नं २ मा अवस्थित विद्यालयको वार्षिक उत्सवमा नमोबुद्ध नगरपालिकाका मेयर टि.पि. शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, वडा नं ७ का वडा अध्यक्ष धर्म लामा, नेपाल पत्रकार महासंघ प्रदेश ३ का उपाध्यक्ष यदुनाथ गौतम नेशनल प्याब्सन काभ्रेका अध्यक्ष रामप्रसाद तिमल्सिना विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षा प्रेमीहरुको उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा ग्रामीण पाठशालाका फाउन्डर प्रिन्सिपल विदुर भण्डारीले वार्षिक प्रतिवेदन पेस गर्नुका साथै विद्यालयको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतीका साथै उत्कृष्ट अभिभावकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि मेयर टि पि शर्मा तिमल्सिनाले नमोबुद्धको समग्र शैक्षिक विकासमा निजी विद्यालयबाट ग्रामीण पाठशालाले खेलेको भूमिकाको चर्चा गरेका थिए । सोही अवसरमा विद्यालयले समाजका प्रतिष्ठित ब्यक्तित्वहरुलाई पनि सम्मान गरेको थियो । सम्मान पाउनेमा शैक्षिक ब्यक्तित्व जनक बहुमुखी क्याम्पसका प्रमुख पूर्णचन्द्र काफ्ले, जनकल्याण माबिका प्रअ लक्ष्मी अधिकारी, समाजसेवी कृष्ण प्रसाद खनाल, धार्मिक तथा साँस्कृतिक ब्यक्तित्व उत्तम काफ्ले र समाजसेवी माधव खनाल थिए । करिव ३०० जना अभिभावकको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयका ब्यवस्थापन समिती अध्यक्ष भाइराजा श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव