शङकरमा फुड फेस्ट, विज्ञान तथा चित्रकला प्रर्दशनी

भक्तपुर, ८ माघ । भक्तपुरको दधिकोटस्थित शङकर नेशनल स्कुलको ‘दोस्रो शङकर फुड फेस्ट र विज्ञान तथा चित्रकला प्रर्दशनी’ कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल शरण चौलागाई शिक्षामा गुणस्तर स्ंस्कार र व्यवहारका कुराहरु जोड्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउँछन् ।

शनिवार भएको कार्यक्रममा सदन अनुसार विद्यार्थीहरुलाई आ-आफ्नो जिम्मेवारी दिएको थियो । फुड फेस्टका लागि चार सदनले चारवटा फुड स्टल राखेका थिए । विजनेस डे को रुपमा ओ.बि.टि.इ विषयको प्रयोगात्मक कक्षा संगै जोडिएर  कार्यक्रम आयोजना गरिएको विद्यालयले जानकारी दिएको छ ।

विज्ञान प्रर्दशनीमा हाइड्रोलिक सिस्टम देखि ग्रिन हाउस र भिजिट “नेपालको नमुना” नेपाल प्रर्दशनीमा राखिएको थियो भने कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले बनाएका १११ वटा चित्र प्रर्दशन गरिएको थियो ।

:528 Views

Leave a Reply