एक विद्यार्थी पाँच शिक्षक
जाजरकोट – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन्।
उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालयमा पनि पाँचै शिक्षकको दरबन्दी छ ।स्थापनाकालदेखि उक्त विद्यालयमा कक्षा कोठा, खानेपानी र शौचालय नहुँदा दैनिक समस्या पर्दै आएको छ । आधारभूत आवश्यकता नहुँदा बर्सेनि विद्यार्थीको संख्या घट्दै गएको छ।
विद्यालयको समस्या समाधान नभएको भन्दै विद्यालय छोडेर एक घण्टा बाटो हिँडेर त्रिपुराकोट बगरमा रहेको फोक्सुन्डो मदरल्यान्ड बोर्डिङ स्कुलमा अधिकांश विद्यार्थी जाने गरेको अभिभावक भीमबहादुर उखेडाले बताए।
विद्यालयमा पढाउने केही शिक्षकले पनि छिमेकी गाउँको विद्यालयमा पढाइरहेको शिक्षिका रामकुमारी शाहीले जानकारी दिइन् । विद्यालयका प्रधानाध्यापक पुष्पराज महत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्नबहादुर नेवारले विद्यालयको अवस्था सुधारका लागि खासै चासो नदिएको उनको आरोप छ। विद्यार्थी र शिक्षकले खुला ठाउँमा दिसा र पिसाब गर्ने गरेको स्थानीयवासीले बताए।रासस
:509 Views
सम्बन्धित अभिलेखहरू
सुर्खेतको अमरज्योति माविमा पठनपाठन सुरु
नेसनल मेडिकल कलेजले माग्यो विद्यार्थीसँग १६ लाख अतिरिक्त शुल्क, रकम नदिने विद्यार्थी परीक्षा फारम भर्न वञ्चित
असार अन्तिममा संक्रमित ४ हजार पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
कक्षा ११ पनि विद्यालयकै मूल्याँकनबाट, १२ को परीक्षा अनुकुल समयमा
एक स्कुल, जहाँ ढिलो आउने शिक्षकलाई विद्यार्थीले गेटबाटै फर्काइदिन्छन्
माघ १ गते आयोगले प्रतिवेदन बुझाउने, शिक्षकलाई राजनीति गर्न पूर्ण बन्देज
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव