प्याब्सक अन्तरविद्यालय फुटसल सुरु हुँदै

काठमाडौँ, १३ माघ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँको आयोजनामा ‘प्याब्सक फुटसल कप–२०२०’ प्रतियोगिता माघ २२ गते बुधबारबाट सुरु हुने भएको छ ।
प्याब्सकका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीलाई रमाइलो माध्यमबाट सिक्नका लागि फुटसलको आयोजना गर्न लागिएको बताए । ३ दिने अन्तरविद्यालय छात्र प्रतियोगिता चाबहिलको चुच्चेपाटीस्थित लुम्बिनी फुटसल मैदानमा हुनेछ । विजयी समूहलाई ट्रफी, मेडल, प्रमाणपत्र सहित नगदको व्यवस्था गरिएको छ । प्रथम, द्वितीय, तृतीय र चौथो हुने समूहलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार नगदपुरस्कार दिइने आयोजक टिमले जानकारी दिएको छ । त्यस्तै स्पर्धामा उत्कृष्ट खेलाडी, उत्कृष्ठ गोलरक्षक, फेयर प्ले, हायर स्कोरर र म्यान अफ द म्याचलाई पनि पुरस्कृत गरिने छ ।
:420 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव