अमिनिटी स्कुलमा विज्ञान, रोवर्टिक्स, गणित प्रदर्शनी सम्पन्न (फोटो फिचर)

भक्तपुर । कौशलटारस्थित अमिनिटी इंग्लिस सेकेन्डरी स्कुलले विद्यालय प्राङ्गणमा तेस्रो त्रैमासिक परीक्षफलसँगै विज्ञान, रोवर्टिक्स, गणित तथा कला प्रदर्शनी सम्पन्न गरेको छ ।

विद्यालयमा विद्यार्थीले सिकेका विज्ञान, रोवर्टिक्स, गणित तथा कला सम्बन्धीका प्रयोगात्मक सिपहरुलाई प्रदर्शनीमा राखिएका थिए । यसवर्षबाट सुरु भएको रोवर्टिक्स कक्षाले विद्यार्थीहरुलाई हौसाएको र यसले विद्यार्थीहरुलाई सृजनात्मक बनाएको विद्यालयका प्रिन्सिपल सूर्य बहादुर भण्डारीले बताए ।

अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको उक्त प्रदर्शनीमा विद्यार्थीहरुले बनाएको गाडीले सबैको ध्यानाकर्षण गरेको थियो ।

:281 Views

Leave a Reply