‘निजी विद्यालयमा शिक्षक टिक्दैनन् भन्नु गलत हो’

भक्तपुर, १६ माघ । भक्तपुरको पारागन एकेडेमीका प्रिन्सिपल पुण्यराम कवांले शिक्षकले एउटै निजी विद्यालयमा लामो समयसम्म काम गर्दैनन् भन्नु गलत रहेको बताएका छन् ।
पारागन एकेडेमीको १७ औँ वार्षिकोत्सवमा उनले निजी विद्यालयप्रतिको संकुचित विचारलाई हटाउनुपर्ने भन्दै निजी विद्यालयमा लामो समयसम्म एकै शिक्षकले काम गरिरहन सक्ने प्रष्टाएका थिए । ‘हाम्रै विद्यालयले प्रत्यक वर्ष दिने निरन्तर सेवा पदक सम्मानले यो कुरालाई पुष्टि गर्छ । यसबाट निजी विद्यालयमा शिक्षकहरु दिगो रुपमा बौद्धिक श्रम गर्न तयार हेरेको देखिन्छ ।’ उनले भने ।
विद्यालयले हरेक वर्ष ५ वर्षे र १० वर्षे निरन्तर सेवा गर्ने शिक्षकलाई सम्मान गर्दै आइरहेको छ । यस वर्ष भने १० वर्ष सेवाअन्तर्गत रश्मिला श्रेष्ठ, सुजाता कोजू र रामदेवी मानन्धरले सम्मान पाए भने रचना अधिकारी, श्यामकुमार वैद्य र रश्मिला मानन्धरले ५ वर्षको निरन्तर सेवा पदक पाउन सफल भएका थिए ।
कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भूगोल, इतिहास र संस्कृति जस्ता विषयमा विद्यार्थी सङ्ख्या कम भएको गुनासो पोख्दै अब विद्यार्थीले देशलाई आवश्यक पर्ने विषय रोज्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा वर्ष शिक्षक, वर्ष विद्यार्थी र सक्रिय अभिभावकलाई सम्मान गरिएको थियो । शिक्षकतर्फबाट पूर्व प्राविमा सृजना सुवाल, प्राविबाट शर्मिला छुस्याबाग र माविबाट राजेन्द्र फोजू पुुरस्कृत भएका थिए भने विद्यार्थीमा पूर्व प्रावि, प्रावि र माविमा क्रमश: रिसब खत्री, निशान्त कर्माचार्य र भूमिका गुरुङ्ग पुरस्कृत भए ।
वार्षिकोत्सवको अवसरमा ३५० भन्दाबढि विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । साँस्कृतिक कार्यक्रममा थप रोनक बनाएका थिए भारतीय च्यानलबाट प्रसारित भएको ‘सारेगमप लिटिल च्याम्प २०१९’ मा चौथोस्थान हासिल गरेका आयुष केशीले ।
कार्यक्रममा एसईई दिएका पूर्व विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो । वार्षिकोत्सवमा विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसी, मोटिभेटर रमण नेपाली, इसिडिको विज्ञ सानु अमात्य, भक्तपुर नगर शिक्षा प्रमुख हरि निरौला, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष जिबी खड्का र मोडन बोर्डिङ स्कुलका बाबुकाजी कस्पाललगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव