राजस्वि पाठशालाको पहिलो वार्षिकोत्सव

भक्तपुर, १७ माघ । भक्तपुरको राजस्वि पाठशालाको पहिलो वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा पाठशालाकी प्रिन्सिपल कान्ति केसीले वर्षभरि विद्यालयले गरेको प्रगति विवरणबारे प्रष्ट पार्दै भनिन्, ‘हामीले निरन्तर रूपमा आफ्नो शैक्षिक कार्यक्रम, नियमित मासिक भ्रमण, दैनिक पौष्टिक आहार, डायरी, मासिक नागरिक अस्पतालमा स्वास्थ्य परिक्षण जस्ता कार्यक्रम गराइरहेका छौँ ।’

कार्यक्रममा विद्यालयकी ईन्चार्ज संगिता गोराले स्वागत मन्तव्य दिएकी थिइन् भने विद्यार्थीले नृत्य, गायनलगायतका अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए ।

:538 Views

Leave a Reply