सरस्वती पुजा गर्दै बेबिलोन स्कुलमा शास्त्रीय नृत्य र भजन

काठमाडौँ, १७ माघ । काठमाडौँको शान्तिनगरस्थित बेबिलोन स्कुलले सरस्वती पूजा र शास्त्रीय नृत्य, भजन गरेर श्रीपञ्चमी मनाएको छ ।

विद्यार्थीले सरस्वतीमातासँगसम्बन्धित शास्त्रीय नृत्यका साथै नवदुर्गा नृत्य र तामाङ्ग सेलो प्रस्तुत गरेको विद्यालयका प्रिन्सिपल राजु राईले जानकारी दिए । सरस्वतीपुजा सकिएलगतै सम्पूर्ण विद्यार्थीलाई टिका लगाएर पेन्सील उपहार दिइएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् गायक प्रकाश आचार्य, भाइस प्रिन्सिपल रीता राई र अभिभावकलगायतको सहभागीता रहेको थियो ।

:265 Views

Leave a Reply