देवयज्ञ गर्दै ट्रिटन स्कुलमा सरस्वतीपुजा

काठमाडौँ १७ माघ । श्रीपञ्चमी तथा सरस्वतीपुजाको अवसरमा काठमाडौँको तीनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा देवयज्ञ अर्थात अग्नीहोत्रीहोम लगाइएको छ ।
विद्यालयका निर्देशक राजन सुवेदीले विद्यार्थीलाई सनातन हिन्दू धर्मसँस्कृति र सरस्वतीमाताको पुजामा देवयज्ञको महत्वबारे जानकारी दिन, वरिपरीको वातावरण स्वच्छ बनाउन, विद्यालय वरिपरीको राक्षसीप्रवृत्तिको नाश गर्न र अक्सिजनको मात्रा बढाउन यज्ञ गरिएकोे जानकारी दिए ।
पतञ्जली योग समितिका केन्द्रीय सदस्य एवम् नेपाल सरकारका पूर्व सहसचिव राजन खड्काले यज्ञ गर्दै भने, ‘शुद्ध घिउ र जौ तिलको मात्रा मिलाएर यज्ञ गरेमा यज्ञ गरेको स्थानको करीव एक किलोमिटर वरिपरी अक्सिजनको मात्रा वृद्धि हुने धार्मिक आस्था छ ।’
सरस्वती पुजामा सहभागी भएका साना केटाकेटी, विद्यार्थी र अभिभावकहरु सबैलाई सरस्वती माता तथा देवयज्ञको टिका र प्रसाद वितरण गरिएको थियो ।
:270 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव