अनल ज्योतिमा ‘शिक्षण सामग्री प्रदर्शनी’ सम्पन्न

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २६ ढोलाहिटीस्थित अनल ज्योति माध्यमिक विद्यालयमा शिक्षण सामग्री प्रदर्शनी बिद्यार्थी तथा अभिभावकहरुको ब्यापक उपस्थितिमा सम्पन्न भएको छ ।
कक्षा ५ सम्मका विद्यार्थीहरुले आफूले पढेका बिषयहरुमा प्रयोग हुने र गरिएका शैक्षिक सामग्रीहरुको प्रदर्शनी विद्यालय हातामा सम्पन्न भएको थियो । आइ. एस. ए अवार्ड अन्तर्गतका समुदाय, विश्वका झण्डाहरु, पौष्टिक खानेकुरा, मच्छीन्द्रनाथ जात्रा लगायतका सामग्रीहरु पनि प्रदर्शन गरिएको थियो । बिद्यार्थीहरुले यस परियोजना अन्तर्गतका विविध बिषयहरु आगन्तुकहरुलाई प्रस्तुत गरेका थिए ।
ललितपुर महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष बाबुराजा महर्जनले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । नानीहरुको बोल्न सक्ने क्षमता र बिषयबस्तुको ज्ञान देखेर रमाइलो लागेको महर्जनले बताए ।
ललितपुर ढोलाहिटिमा रहेको अनल ज्योति स्कुलले शैक्षिक गुणस्तर समयसापेक्ष उच्च राख्दै ललितपुर दक्षिण भेगमै उत्कृष्ट बिद्यालय रहदै आएको छ । यस बिद्यालयले विद्यार्थीहरुको सर्वा¨गीण विकासका लागि आइ. एस. ए अवार्ड, डुक अफ इडिनवर्ग अवार्ड, एस. क्यु. सी., स्काउट लगायत चेतनामुलक कार्यव्रmम संचालन गर्दै आइरहेको छ ।
बिद्यालयका निर्देशक ज्योति केसीले नेपालको माटोमा समयसापेक्ष शिक्षा दिने, यहाँका संस्कृति र बिषेशताहरु बुझेर, अँगालेर देशलाई माया गर्ने, सीप र गुणले भरिपूर्ण नागरिक उत्पादन गर्ने बिद्यालयको उद्देश्यलाई यस क्रियाकलापले सघाउ पुर्याएको बताए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव