ख्वप चित्रकलामा ग्ल्याडस्टोनकी रेजिना प्रथम

मध्यपुर थिमी, २३ माघ | मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीको कक्षा ९ मा अध्ययनरत छात्रा रेजिना राई ख्वप माध्यमिक विद्यालयको २० औँ,ख्वप कलेजको १८ औँ तथा शारदा क्याम्पसको २९ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित भक्तपुर जिल्लाव्यापी चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् । भक्तपुर जिल्लाका बहुसंख्यक विद्यालय सहभागी रहेको प्रतियोगिता गत माघ २० गते ख्वप कलेजको प्राङ्गण देकोचामा सञ्चालन गरिएको थियो।
त्यसैगरी यसै विद्यालयको हाजिरी जवाफ टोलिले भक्तपुर जिल्लाव्यापी ख्वप क्विजमा तेस्रो स्थान प्राप्त गरेको छ।सोही कलेजको स्थापना दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा भक्तपुर जिल्लाका १६ वटा विद्यालयको सहभागिता रहेको थियो। यस विद्यालयबाट कक्षा ९ कि छात्रा दीक्षा ग:सि: को नेतृत्वमा कक्षा ८ का असीम न्यौपाने र कक्षा ७ का शुभम दुलालको सहभागिता रहेको थियो। यही माघ २२ गते बुधबार ने.म.कि.पा. का अध्यक्ष नारायणमान बिजुक्छे(रोहित) को प्रमुख आतिथ्यमा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि, अतिथि लगायतले समग्र शिक्षाको विकासमा अतिरिक्त क्रियाकलापको भूमिकाका बारेमा चर्चा गरेका थिए।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव