भक्तपुरमा पुस्तक प्रदर्शनी हुने

भक्तपुर । कला र संस्कृतिको राजधानी भक्तपुरमा पुस्तक प्रदर्शनी हुने भएको छ । भक्तपुरका स्थानीय युवाहरुको सक्रियतामा स्थापित आरम्भ नेपालले फागुन २ गतेदेखि पुस्तक प्रदर्शनी गर्न लागेका हो । प्रदर्शनीले विभिन्न विधा, विषय र क्षेत्रका किताबहरुलाई एकै स्थलमा जम्मा गरी किताब पारखीहरुलाई किताब किन्ने वातावरण सिर्जना गराउने उद्देश्यले भक्तपुरमा तीन दिने ( फागुन २, ३ र ४ गते ) पुस्तक प्रदर्शनी आयोजना गर्न लागिएको कार्यक्रम संयोजक कृष्णप्रसाद त्वीत्वीले जानकारी दिए ।
उनले भक्तपुर नगरपालिका वडा नं. ९ को कमलविनायक लामगाल चौरमा प्रदर्शनी गरिने जनाउँदै सोको तयारी तीब्र रुपमा अघि बढेको बताए । देशकै राजधानीसँग जोडिएको जिल्ला भएर पनि पुस्तक प्रदर्शनीका हिसाबले पछि परेको जिल्लाको पहिचान वृद्धि गर्न भक्तपुरका पुस्तक प्रेमीहरुको पुस्तक पढ्ने, किन्ने चाहना पूरा गर्न पनि प्रदर्शनी सहयोगी हुने आयोजक नेपालका सदस्य दिनेश प्रधानले बताए ।
‘विभिन्न उमेर समूहका व्यक्तिहरुलाई विविध विषय र भाषाका कितावहरु एकै स्थानमा उपलब्ध गराउन, पाठक, विद्यार्थी, प्रकाशक र वितरकहरुबीच अन्तरक्रियात्मक वातावरणको सिर्जना गर्ने, पुस्तक प्रकाशक र वितरकहरुलाई भक्तपुरको पुस्तक संस्कृतिको बारेमा परिचित गराउने तथा युवा तथा विद्यार्थीहरुमा असल अध्ययनको बानीको विकास गराउन पुस्तक प्रदर्शनी गर्न लागेका हौं ।’ आयोजक नेपालका अध्यक्ष बालकृष्ण बनमालाले बताए ।
उनले पुस्तक अध्ययन संस्कृतिको विकासका लागि पनि पुस्तक प्रदर्शन अपरिहार्य भएको महशुस गरी प्रदर्शनीको तयारी थालिएको जनाउँदै प्रदर्शनीमा भक्तपुर जिल्लाका मात्र नभएर काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट पनि अवलोकनकर्ताहरुको उपस्थिति रहने बताए ।
प्रदर्शनीमा विभिन्न ख्यातिप्राप्त पुस्तकका लेखक र पाठकबीच प्रत्यक्ष अन्तरक्रिया, हालको शैक्षिक अवस्थामा सकारात्मक परिवर्तन गर्न अन्तरक्रियात्मक वातावरण, पूस्तक विमोचन, अध्ययन र पर्यटनबारे छलफल, कार्टुन तथा फोटो प्रदर्शनी, नेवारी खाजा तथा परिकारको प्रदर्शनी, विभिन्न साहित्यिक कार्यक्रम तथा प्रतियोगिता, प्रसिद्ध नवदुर्गा नाचसँग सम्बन्धित मुकुण्डो प्रदर्शनी समेत हुने आयोजकले जनाएको छ ।
विभिन्न विद्यालय, शैक्षिक संस्था, पुस्ताकालय, विश्वविद्यालय, क्याम्पस, आम सर्वसाधारण गरी करिब डेढ लाखले प्रदर्शनीको अवलोकन गरिने आयोजकले अनुमान गरेको छ ।
प्रदर्शनीमा पुस्तकका मात्र ३५ बढी स्टल रहने आयोजकको प्रारम्भिक अनुमान छ ।
:473 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव