शंकरमा खेलकुद सप्ताह सुरु

भक्तपुर । भक्तपुरस्थित शंकर नेशनल स्कुलले खेलकुद सप्ताह आयोजना गरेको छ । उक्त कार्यक्रम चार दिनको रहने छ । पहिलो दिन सप्ताहको उद्घाटन समारोह गरिएको छ जसमा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । खेलकुदको पहिलो दिनको शुरुवातमा प्रि स्कुलका अभिभावकहरुको सहभागीतामा खेल सुरु भएको थियो । जसमा अभिभावकज्यूहरुको लागि विभिन्न खेलहरु खेलाइएको थियो र विजेता अभिभावकलाई मेडलबाट सम्मान पनि गरिएको थियो । अभिभावकहरुको उत्साहजनक सहभागीताले कार्यक्रम रोमाञ्चक र भव्यतापूर्ण सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालय र विद्यार्थीहरुको हौसला प्रदान गरिदिनु भएकोमा अभिभावकहरुलाई विद्यालयका प्रधानाध्यापक शरण चौलागाईद्वारा धन्यबाद व्यक्त गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव