पिएससिएन नृत्य महोत्सव सम्पन्न (फोटो फिचर)

ललितपुर, माघ २४ । प्रि स्कुलहरुको समूह प्रि स्कुल कमिटी अफ नेपाल (पिएससिएन) को आयोजनामा नृत्य महोत्सव सम्पन्न भएको छ ।
ललितपुर जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा भएको उक्त कार्यक्रममा १९ विद्यालयका ४४० जना विद्यार्थीहरुले नृत्य प्रस्तुती गरेका थिए । अभिभावकहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले नेपाली लोक गीत, झाक्री, नेपाली संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई स्वागत गर्दै पिएससिएनका सचिव पूजा गौतमले पिएससिएनका बारेमा र यसका गतिविधीका बारेमा जानकारी दिएका थिए । ७ वटा विद्यालयबाट सुरु भएको यो संस्थामा अहिले २० वटा विद्यालय संलग्न रहेको उनले जानकारी दिए । नृत्य महोत्सव पिएससिएनको नियमित वार्षिक कार्यक्रम भएको यस्ता खालका कार्यक्रमहरु संस्थाले आगामी दिनमा पनि गरिरहने उनले बताए ।
कार्यक्रममा विशेष अतिथी केन्द्रिय प्याब्सनका सचिव एवं हिमालय स्कुल÷कलेजका निर्देशक संगीता सिलवाल ऐरले अभिभावकहरुलाई आफ्नो बच्चालाई अरुसँग तुलना नगर्न आग्रह गरेका थिए । उनले कार्यक्रमको प्रशंसा गर्दै आफूलाई पनि यस संस्थामा आवद्ध गराउन उनले आग्रह गरिन् ।
पिएससिएनका अध्यक्ष सभयाता खड्का स्वारले कार्यक्रम सम्पन्न गराउने सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
Photo: Bal krishna Prajapati/Nuwagi.com
:971 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव