अनल ज्योतिमा ‘गणित प्रदर्शनी’

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २६ ढोलाहिटी अवस्थित अनल ज्योति माध्यमिक विद्यालयमा गणित प्रदर्शनी विद्यार्थी तथा अभिभावकहरुको ब्यापक उपस्थितिमा शुक्रबार सम्पन्न भएको छ ।
कक्षा ६ भन्दा माथिका विद्यार्थीहरुले आफूले पढेका विषयहरुमा प्रयोग हुने र गरिएका गणितका शैक्षिक सामग्रीहरुको प्रदर्शनी विद्यालय हातामा सम्पन्न भएको थियो । गणितका अवधारणालाई सरल र सहज रुपमा बु¤न विद्यार्थीहरुले विभिन्न मोडल, आकृति, प्रस्तुति र परीक्षण समावेश गरिएको थियो ।
बागमती प्रदेशका माननीय सांसद दिनेश महर्जनले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । नानीहरुको बेजोड प्रस्तुती, बोल्न सक्ने क्षमता र बिषयबस्तुको ज्ञान देखेर अनल ज्योतिका बिद्यार्थीहरु देशको कर्णधार हुनेमा आफु ढुक्क रहेको उनले बताए । सीप र गुणले भरिपूर्ण नागरिक उत्पादन गर्ने बिद्यालयको उद्देश्यलाई यस क्रियाकलापले सघाउ पुर्याएको बिद्यालयका निर्देशक ज्योति केसीले बताए ।
प्रदर्शनीमा ललितपुर प्याब्सनका अध्यक्ष राधेकृष्ण महर्जन, वरिष्ठ उपाध्यक्ष विष्णु कुमार बस्नेत, कृषि विज्ञ मदन राई, शिक्षाबिद् राजेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो । साथै श्रीकूल स्कुल, नाजरथ स्कुल, ब्लुबर्ड स्कुल, ब्राइट ºयुचरलस्कुलका बिद्यार्थीहरुले पनि प्रदर्शनीको अवलोकन गरेका थिए ।
ललितपुर ढोलाहिटिमा रहेको अनल ज्योति स्कुलले शैक्षिक गुणस्तर समयसापेक्ष उच्च राख्दै ललितपुर दक्षिण भेगमै उत्कृष्ट बिद्यालय रहदै आएको छ । यस विद्यालयले विद्यार्थीहरुको सर्वा¨गीण विकासका लागि आइ. एस. ए अवार्ड, डुक अफ इडिनवर्ग अवार्ड, एस. क्यु. सी., स्काउट लगायत चेतनामुलक कार्यव्रmम संचालन गर्दै आइरहेको छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव