सामाजिक कार्यमा नेपाल पुलिस स्कूल

काठमाडौं । नेपाल पुलिस स्कूल, सामाखुसीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले डाउन सिन्ड्रोम समाज, नेपाल, कपुरधारा काठमाडौँलाई ६ हजार ६ सय ६६ रुपैयाँ नगद र दशहजार रुपैयाँ बराबरको खाजा सहयोग गरेका छन् ।
डाउन सिन्ड्रोम तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुको लागि काम गर्ने उक्त संस्थालाई केही सहयोग गर्ने उद्देश्यले विद्यालयका संयोजक नवराज ज्ञवालीको नेतृत्वमा ६१ जना विद्यार्थी टोली त्यहाँ पुगेको थियो । संस्थालाई सहयोग गर्ने र संस्थाको बारेमा जानकारी लिने उद्धेश्यले त्यहाँ गएको कुरा कक्षा १० का विद्यार्थी प्रतिनिधि विकास खड्काले बताए ।
उक्त संस्थाकी अध्यक्ष शिला थापालाई सो रकम तथा खाजा हस्तान्तरण गरिएको थिए भने उक्त रकम कक्षा १० का विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट कटौती गरेर उठाएको कुरा संयोजक ज्ञवालीले थपे ।
उक्त कार्यक्रममा पुलिस स्कूलका विद्यार्थीहरु डाउन सिन्ड्रोम तथा अपाङ्गता भएका विद्यार्थीहरुको बारेमा बुझी उनीहरुसँग नृत्य पनि गरेका थिए । पुलिस स्कूलका विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा विगतदेखिनै यसरी सहयोग गर्दै आएको कुरा विद्यालयका समादेशक, प्रहरी निरीक्षक लक्ष्मी भण्डारीले बताए ।
उक्त संस्थामा विभिन्न उमेर समूहका २८ जना विद्यार्थी रहेका छन् । उक्त संस्थाले तिनीहरुलाई जीवन जिउन सहज बनाउने उद्देश्यले विभिन्न सिपमूलक व्यवहार सिकाउँदै आएको कुरा उक्त संस्थाकी अध्यक्ष शिला थापाले बताइन् ।
:706 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव