पोखरामा सात प्रदेशका विद्यार्थीको भेला हुँदै

कास्की । पोखरा र पोखराको जुनियर सिटिजन्स एकेडेमीले धर्तीका ताराहरुको मिलन (Connecting Earthly Stars) नामक राष्ट्रियस्तरको कार्यक्रम गर्ने भएको छ । माघ २९ देखि फागुन १ गतेसम्म सम्पन्न हुने उक्त कार्यक्रममा सात वटै प्रदेशका करिब २०० विद्यार्थी, ५० शिक्षक तथा ३० विद्यालय सहभागी हुने उक्त कार्यक्रम भब्य हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा होम स्टेको मूल अवधारणाका साथै आफ्नो विद्यालयमा हुने गरेका असल प्रयासको प्रस्तुती, Quality Quiz, Quad Champs, Conrad Innovation Challenge, Trash into cash, slam poetry, Design challenge, Board games, futsal, Visit pokhara and cultural performance हुने जनाइएको छ । शिक्षकका लागि विभिन्न workshop तथा सेमिनार छन् । उक्त कार्यक्रमको चौथौँ संस्करण पोखरामा हुन लागेको हो । एपेक्स स्कुल बुटवलका प्रअ दिपक गौतमले सुरु गरेको उक्त कार्यक्रमले देश भरिका विद्यार्थीले एक अर्काको परिवेश, संस्कृतिबाट विभिन्न कुरा सिक्न सके आयोजक समितिका कार्यक्रम संयोजक नारायण सापकोटाले नुवागीलाई जानकारी दिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव