एभरेस्टको ३७ औँ वार्षिकोत्सवमा पुस्तक वितरण

सबिता नयाँजू
भक्तपुर, १ फागुन । भक्तपुरको मिबाछेँस्थित एभरेस्ट इङ्लिश स्कुलको ३७ औँ वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण एवम् पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले गरेका थिए । विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले हरेक वर्ष झै यस वर्ष पनि जन्मदिन कोषबाट पुस्तक हस्तान्तरण गरेको बताउँदै उनले भने, ‘विद्यार्थी र शिक्षकको जन्मदिनमा उठाइएको रकमले दुर्गम जिल्लाका सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तर गर्दै आइरहेका छौँ । यसले विद्यार्थीलाई सहयोगको भावना सृजना गर्छ ।’
१० वर्षदेखि विद्यालयले गर्दै आइरहेको यो कार्यक्रमअन्तर्गत हालसम्म २१ जिल्लाका २२ विद्यालयका पुस्तकालयमा सहयोग गरेको छ ।
यस वर्ष विद्यालयले ४ जिल्लाका ५ विद्यालयलाई सहयोग गरेको विद्यालय प्रिन्सिपल राजभण्डारीले जानकारी दिए । कार्यक्रममा दार्चुलाको मालिकार्जुन माध्यमिक विद्यालय, मकवानपुरको सिद्धार्थ माध्यमिक विद्यालय, धनकुटाको पुण्य माध्यामिक विद्यालय, काभ्रेपलाञ्चोकको कालिका माध्यमिक विद्यालय र नैमिषारण्य संस्कृत गुरुकुलम्लाई पुस्तक वितरण गरिएको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा २ का अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले आर्थिक रुपमा कमजोर विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्दै आएको जानकारी दिदै भक्तपुर एउटा नमूना नगरपालिका बन्न सफल दाबी गरे ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गरेका थिए ।
प्रशिक्षार्थी
:951 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव